Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलेबनानले बनायो देशकै पहिलो विद्युतीय कार

लेबनानले बनायो देशकै पहिलो विद्युतीय कार


लेबनान ।
शनिबार लेबनानले देशमै निर्मित पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । बारम्बारको विद्युत कटौतीले आर्थिक संकटकै बीच संघर्षरत मेडिटेरानियन देशले पहिलोपटक अटोमोबाइल उत्पादन गरेको हो । एएफपीका अनुसार रातो रंगको बटरफ्लाई डोरयुक्त उक्त कारको नाम ‘कुद्स राइज’ राखिएको छ। यो जेरुसालेमको अरेबिक नाम हो । कार उत्पादन परियोजना भने लेबनानमा जन्मिएका प्यालेस्टिनी व्यवसायी जिहाद मोहम्मदको हो ।

मोहम्मदले देशमै निर्माण भएको पहिलो अटोमोबाइल भएको बताए । दक्षिण बेरुतको पार्किङ लटमा कार अनावरण गरिएको थियो । यसको निर्माण सुरुदेखि अन्त्यसम्म नै लेबनानमै भएको बताइएको छ  । यसको मूल्य ३० हजार अमेरिकी डलर छ भने उत्पादन १० हजार युनिटमाथि छ । यही वर्षको अन्त्यतिर लेबनानमै उत्पादन सुरु हुनेछ । मोहम्मदको कम्पनीको नाम ईभी इलेक्ट्रा हो ।

उनले चार वर्षअघि कम्पनीको स्थापना गरेका थिए । उनको कम्पनीमा लेबनानीलाई रोजगारी समेत मिलेको छ भने ३०० कर्मचारीमध्ये कतिपय प्यालेस्टिनी इन्जिनियर पनि छन् । हाइब्रिड र विद्युतीय कारको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए । लेबनानमा पनि बिक्री गर्ने लक्ष्य राखिएको कारको चार्जिङका लागि देशैभर १ सय चार्जिङ स्टेसन राखिनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट