Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिंगापुर र हङकङले हवाइ यात्रा खोल्ने

सिंगापुर र हङकङले हवाइ यात्रा खोल्ने


हङकङ ।
सिंगापुर र हङकङले क्वारेन्टाइनमुक्त यात्रा सुरु गर्ने भएका छन् । दुई सहरबीच आगामी मे २६ देखि हवाइ यात्रा सुरु हुने भएको हो । गत नोभेम्बरमै दुई सहरबीच यस्तो यात्रा सुरु गर्ने बताइएको थियो तर हङकङमा त्यही बेला कोरोना संक्रमण पुनः सुरु हुनथाल्यो ।

अहिले घोषणा गरिएअनुसार भएमा गत हप्ता अस्ट्रेलिया र न्युजिल्यान्डले खोलेको रुटजस्तै अर्को महत्वपूर्ण हवाइ रुट खुल्नेछ । यसले यो क्षेत्रमा पर्यटन क्षेत्रको प्रवर्द्धन हुने बताइएको छ । सिंगापुरका यातायातमन्त्री ओंग यी कुंगले हङकङले कोभिड नियन्त्रण गरेकोले एयर ट्राभल बबल अर्थात् दुई देशका नागरिकमात्रै आवतजावत गर्न मिल्ने व्यवस्था सुरु गर्नलागेको बताए ।

यसअनुसार हरेक गन्तव्यमा दिनको एउटा उडान हुनेछ । जसमा अधिकतम दुई सय जना यात्रु पहिलो दुई हप्ताका लागि यात्रा गर्न पाउनेछन् । तर अस्ट्रेलिया र न्युजिल्यान्डले भने हप्ताकै सयभन्दा बढी उडान गरिरहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट