Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशद्वारा जीडीपी वृद्धिदर लक्ष्य पुनः कटौती

बंगलादेशद्वारा जीडीपी वृद्धिदर लक्ष्य पुनः कटौती


ढाका ।
बंगलादेशी सरकारले कुल गार्हस्थ्य उत्पादन वृद्धिदर अनुमान सन् २०२०/०२१ का लागि ६.१ प्रतिशत रहने संशोधित अनुमान गरेको छ । यो यस वर्ष गरिएको तेस्रो संशोधन भएको बताइएको छ ।

कोरोनाभाइरसको दोस्रो लहरसँगै जीडीपी वृद्धिदरको अनुमान पटक पटक संशोधन गर्नुपरेको हो । अहिले संक्रमणको दोस्रो लहरको प्रभाव देखिनथालेको छ । सुरुमा बंगलादेशले ८.२ प्रतिशत जीडीपी वृद्धिदरको अनुमाान गरेको थियो । तर त्यसलाई फेरि ७.४ प्रतिशतमा झारिएको थियो ।

नयाँ वृद्धिदर लक्ष्यको अनुमान आइतबार गरिएको हो । अर्को वर्षको लागि यस्तो लक्ष्य ७.२ प्रतिशत राखिनलागेको बताइएको छ । गत मार्च महिनामा विश्व बैंकले बंगलादेशको जीडीपी वृद्धिदर लक्ष्य यस वर्षका लागि ५.६ प्रतिशत बढीमा हुनसक्ने अनुमान प्रक्षेपण गरेको थियो ।

 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया