Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारधनाढ्य ग्राहकलाई क्रिप्टो फन्ड अफर गर्दै अमेरिकी बैंक

धनाढ्य ग्राहकलाई क्रिप्टो फन्ड अफर गर्दै अमेरिकी बैंक


अमेरिका ।
अमेरिकामा रहेका ठूलामध्ये एक वेल्स फार्गोले धनाढ्या ग्राहकहरुलाई भर्चुअल मुद्रामा आधारित क्रिप्टो फन्ड अफर गर्ने भएको छ । भर्चुअल मुद्राहरुको तीव्र अवमूल्यन भइरहँदा बैंकले भने क्रिप्टोकरेन्सी फन्ड घोषणा गर्न लागेको हो ।

बीबीसीका अनुसार बैंकले बुधबार व्यावसायिक रुपले व्यवस्थापन हुने कोष धनाढ्य ग्राहकका लागि घोषणा गर्ने तयारी गरेको छ । उसले कम जोखिमका लागि योग्य लगानीकर्ता लक्षित कोष ल्याउन लागेको हो ।

चीनले कारोबारमा प्रतिबन्ध लगाएसँगै बिटक्वाइनको अवमूल्यन हुने क्रम बढिरहेका बेला बैंकले यस्तो घोषणा गरेको छ । बिटक्वाइन पछिल्लो समय तीन महिनायताकै न्यून मूल्यमा रहने क्रममा ३४ हजार अमेरिकी डलरमा झरेको छ भने डजक्वाइन र एथेरियमजस्ता अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि खस्किरहेको छ ।

द वेल्स फार्गो इन्भेष्टमेन्ट इन्स्टिच्युटले एउटा रिपोर्टमा डिजिटल क्वाइनलाई वैकल्पिक लगानीका रुपमा लिएको उल्लेख गरेको छ । उसले क्रिप्टोकरेन्सीहरु पनि अन्य सम्पत्तिजस्तै चिरस्थायी र उपयुक्त भएको दाबी गरेको छ ।

पछिल्लो समय अमेरिकी बैंकहरुले बिटक्वाइनमा कारोबार सुरु गरिरहेका छन् । सोही कारण बिटक्वाइन मूलधारे मुद्रा बन्दै गइरहेको छ । गत मार्च महिनामा लगानीसम्बन्धी अमेरिकी बैंक मोर्गान स्टान्लेले जोखिम वहन गर्दै बिटक्वाइन कोष बनाउने पहिलो बैंक भएको थियो । त्यस्तै जेपीमोर्गान चेसले पनि आफ्ना ग्राहकलाई यस्तैखाले कोष ल्याउने तयारी गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया