Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटोयोटाले वैकल्पिक इन्धन विकास गर्ने

टोयोटाले वैकल्पिक इन्धन विकास गर्ने


ओकायामा (जापान) । टोयोटा मोटर कर्पले वैकल्पिक इन्धनको विकास गर्ने भएको छ । अन्य जापानी सवारीसाधन उत्पादकसँग मिलेर आन्तरिक कम्बस्टनन इन्जिनका कारहरुकाा लागि वैकल्पिक हरित इन्धन विकास गर्ने घोषणा शनिबार कम्पनीले गरेको हो । यसमा हाइड्रोजन र सिन्थेटिक इन्धनहरु बायोमासबाट उत्पादन गरिनेछ ।

टोयोटाले माज्डा मोटर कर्प, सुबारु कर्प, यामाहा मोटर र कावाासाकी हेभी इन्डस्ट्रिजसँग मिलेर वैकल्पिक इन्धन विकास गर्नलागेको टोयोटाले जनाएको छ । अहिले हाइड्रोजन कार कुदाइरहेको सहर ओकायामामा कम्पनीले यस्तो घोषणा गरेको हो । यी कारहरु अहिले अन्य टोयोटा ड्राइभरसँगै कम्पनी प्रमुख कार्यकारी अकियो टोयोदाले कुदाइरहेका छन् ।

इन्टरनल कम्बस्टन इन्जिनहरुलाई हाइड्रोजनजस्ता हरित इन्धनमा रुपान्तरण गर्न प्राविधिक रुपमा निकै कठिन हुन्छ तर यसो गर्दा कम्पनीलाई दशक पुरानो आपूर्ति प्रणाली र हजारौँ कामदारलाई सहयोग पुग्नेछ । अन्यथा सयौँ हजार कामदार कम्पनीहरु विद्युतीय सवारीसाधनमा जाँदा रोजगारी विमुख हुनसक्नेछन् । कार्बन उत्सर्जनलाई लिएर विश्वका सरकारहरुले वातावरणीय नियन्त्रणमा कडाइ गर्दा अटोमेकरहरु टोयोटालगायत विद्युतीय सवारीसाधन उत्पादनलाई तीव्रता दिइरहेका छन् । जापानले सन् २०५० सम्ममा कार्बन शून्य हुने प्रतिबद्धता जनाइरहँदा अहिले हाइड्रोजन इन्धनको प्रयोगलाई प्रवर्द्धन गरिरहेको छ ।

टोयोटाले सन् २०२५ सम्म १५ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले साढे १३ अर्ब अमेरिकी डलर अर्को दशकसम्म लगानी गर्ने बताएको छ । यो अवधिमा कम्पनीले ब्याट्री उत्पादन क्षमता विस्तार गर्नेछ । यही बेला कम्पनीले हाइड्रोजन पावर्ड सवारीसाधन विकासलाई पनि निरन्तरता दिइरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया