Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू ऊर्जाविहीन

पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू ऊर्जाविहीन


किभ । बढ्दो पूर्वाधार हवाइ हमलापछि आइतबार पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन् ।

‘शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण जारी राखेको छ । हाल हाम्रो देशका आठ क्षेत्रका पाँच सय सात स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ’, उप–आन्तरिक मन्त्री येभगुनी येनिनले युक्रेनी टेलिभिजनलाई बताएका छन् ।

खार्किभ क्षेत्रमा रुसको आक्रमणबाट छुट्टिएका एक सय १२ गाउँहरू ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित छन् । युक्रेनी अधिकारीहरू, माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमलगायतले एक पटक फेरि नागरिकहरूलाई जाडोको सुरुवातीतिर नै अवस्था लगातार बिग्रिँदै गएको र नियमित बिजुली कटौतीको सामना गर्नुपर्ने अवस्था आएकाले त्यसका लागि तयार हुन आग्रह गरेका छन् ।

बारम्बार दैनिक बिजुली कटौतीले लाखौँ मानिसहरूलाई ऊर्जाविहीन भएका छन् । यहाँको बाहिरी तापक्रम हालका दिनहरूमा शून्य सेल्सियस (३२ फरेनहाइट) भन्दा तल झरेको छ । साथै विद्युतीय आपूर्तिको समस्याले विभिन्न किसिमका नेटवर्कमा समस्या थपिएको छ । जारी युद्ध दशौँ महिनामा प्रवेश गरेको छ । स्थिति भयावह छ ।

निजी युक्रेनी ऊर्जा सञ्चालक डीटीईकेले बिहीबार रुसले अक्टोबरमा युक्रेनी ऊर्जा सुविधाहरूलाई निशाना बनाउन थालेपछि युक्रेनको लगभग आधा बिजुली आपूर्ति बिग्रिएको बताएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया