गुगलको मातृकम्पनीले १२ हजार रोजगारी कटौती गर्ने
अमेरिका । प्रविधि कम्पनी गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटौती गर्ने भएको छ । गुगल र अल्फाबिटा दुवैका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले आन्तरिक इमेलमा रोजगारी कटौतीको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएको बीबीसीले जनाएको छ ।
यो कटौतीले कम्पनीको विश्वव्यापी कार्यबलको छ प्रतिशतलाई असर गर्नेछ । अर्को प्रविधि कम्पनी माइक्रोसफ्टले भर्खरै १० हजार र अमेजनले १८ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको केही दिनमै गुगलले पनि सोहीखाले योजना सार्वजनिक गरेको हो । पिचाइले आफ्नो भूमिकामा रहेर कडा परिश्रम गरेका कर्मचारीहरुलाई धन्यवाद समेत दिएका छन् । उनले कर्मचारीको योगदान अमूल्य रहेको बताए । उनले यसलाई असहज भन्दै रोजगारी गुमाउने कर्मचारीलाई सहयोगको वचन समेत दिएको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया