Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोभिड प्रोटोकलको पूर्णपालना गर्न उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

कोभिड प्रोटोकलको पूर्णपालना गर्न उद्योगी व्यवसायीलाई परिसंघको आग्रह


काठमाडौं ।
नेपाल उद्योग परिसंघले कोभिड प्रोटोकलको पूर्णपालना गर्न उद्योगी व्यवसायीहरूलाई परिसंघको आग्रह गरेको छ । सरकारले जारी गरेको प्रोटोकल अनुसार आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरूपमा पालना गर्नको लागि परिसंघले आफ्ना सदस्यलगायत सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको छ । कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारीसाधनको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामग्री व्यवस्थापन गर्दासमेत कोभिड प्रोटोकलको पूर्णपालनाको लागि आग्रह गरेको हो ।

औद्योगिक उत्पादनहरू ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरूको पूर्णपालना गरी यस्ता कार्यहरू गर्न अनुरोध गरेको छ । यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा शंकास्पद संक्रमित व्यक्तिहरू देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पु-याउने, औद्योगिक प्रतिष्ठानमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भए/नभएको सम्बन्धमा अनुगमन गर्ने कार्यहरूलाई पनि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ । विशेषगरी उद्योग प्रतिष्ठानहरूमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेकलिष्ट नै बनाई उद्योग परिसरमा राख्नसमेत परिसंघले आग्रह गरेको छ ।

यसबाट रोगको संक्रमणबाट बच्नको लागि सहयोग पुग्दछ भने रोग लागिहालेमा उपचार गर्न, आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गर्न र अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ बाट नेपालका उद्योग व्यवसायहरू पनि नराम्ररी प्रभावित भएको र उद्योग व्यवसाय सञ्चालनको लागि सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा दिएको सुझावहरूलाई सरकारले कोभिड प्रोटोकलमा प्राथमिकताका साथ समावेश गरेको परिसंघले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया