Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा

क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा


काठमाडौं ।
कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्यसम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै होटल सञ्चालनमा आएको बताइएको छ । होटलमा सीमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरिएकोे होटलले जनाएको छ ।

पुनः सञ्चालनमा आएको अवसरमा होटलले चाडपर्वलाई लक्षित गरी फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैया नेट ११ हजार पर्ने मूल्यको यस अफरमा एक जोडीलाई प्रतिरुम छ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ, जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइन लगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिनेछ । यस योजनामा शर्तहरु भने लागू हुनेछ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्वकै उत्कृष्ट मौसमी वातावरणमा मनोरम हिमाली शृंखलाको अवलोकनको आनन्द लिन सकिनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया