सुबास बस्नेत
दोलखा, माघ ५
भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जिल्लाका नौ स्थानीय तहका २० पर्यटकीय गन्तव्य समेटिएको प्रदेश नामक पुस्तक सार्वजनिक गरिएको छ । भ्रमण वर्ष २०२० को अवसरमा प्रकाशित प्रदेयमा दोलखाको कालिञ्चोक, भीमेश्वर, शैलुङ, बैतेश्वर, जिरी, गौरीशंकर, बिगुलगायत २० वटा पर्यटकीय गन्तव्यको पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक भएसँगै पत्रकार चिरञ्जीवी मास्के आमाको सम्झनामा स्थापन गरिएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार पनि वितरण गरिएको छ ।
यस वर्षको विष्णुलक्ष्मी साहित्यिक पुरस्कारबाट एक गायक सम्मानित भएका छन्। समितिले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार २०७६ दोलखाले युवा गीतकार रमेश दाहाललाई १० हजार नगदसहित विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान २०७६ बाट सम्मानित गरेको हो । दोलखाको बैतेश्वर गाउँपालिका ५ मैनापोखरीका दाहालले एक हजारभन्दा बढी गीत लेखिसकेका छन् भने उनका तीन सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।
पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्म दिने र कर्म दिने आमाहरुको नाममा स्थापना गरेका विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान हरेक वर्ष माघे संक्रान्तिको दिन माघ १ गते गर्दै आएका छन् । सार्वजनिक गरेको पुस्तकमा दोलखा प्रमुख २० ऐतिहासिक पर्यटकीय गन्तव्यको परिचय, विशेषता, भौतिक, सामाजिक, सांस्कृतिक अवस्था आदि समेटेर जिल्लाका क्रियाशील २० पत्रकारले चर्चा गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया