सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट हुने काठ निकासी घटेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्ष दुई हजार क्यूफिटभन्दा बढीले निकासीमा गिरावट आएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६७ हजार चार सय २६.८२ क्यूफिट काठ निकासी भएको थियो भने २०७९ साउदेखि पुससम्म ६५ हजार तीन सय ८६.१६ क्यूफिट काठ निकासी भएको छ । जुन दुई हजार ३९ दशमलव ६६ क्यूफिटले कमी हो ।
चालू आर्थिक वर्षको साउनमा १० हजार पाँच सय ६०.९९ क्यूफिट, भदौमा तीन हजार तीन सय ६५.६३, असोजमा दुई हजार २७५.१५, कात्तिकमा पाँच हजार आठ सय ९७.८६, मंसिरमा १४ हजार नौ सय २८.८६ र पुसमा २८ हजार तीन सय ५८.१६ क्यूफिट काठ निकासी भएको छ । जसबाट २३ लाख ३१ हजार चार सय ६४ रुपैयाँ मूल्यअभिवृद्धि कर, एक लाख ५० हजार नौ सय १६ रुपैयाँ प्रदेश कर र छ लाख २३ हजार आठ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क सङ्कलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरबाबु बास्तोलाले जानकारी दिए ।
चालू आर्थिक वर्षमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेहरुले लगानी गर्न नसक्नु लगायतका कारण काठ निकासीमा गिरावट आएको हुनसक्ने अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजी वन क्षेत्रहरुबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया