गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न महासंघको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न सरकारसँग माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी भारतले रोकेको गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि पहल गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, गहुँको आयात र स्टार्टअप कार्यविधि स्वीकृतलगायतका विषयमा छलफल भएको थियो । अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । इन्धनको मूल्य समायोजन हुन नसक्दा वस्तुको उत्पादन लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरूमा अघोषित विद्युत्भार कटौतीका कारण उत्पादन प्रभावित बनेको र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्ने माग महासंघले राखेको छ ।
यस्तै राष्ट्रिय आर्थिक रूपान्तरण नेट–२०३० कार्यान्वयनका लागि गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको प्रभावकारिताबारे पनि महासंघले चासो राखेको छ । त्यस्तै, महासंघको पहलमा सरकारले तयार भएको स्टार्टअप कार्यविधिमाथि अन्तिम छलफल गरी पारित गर्नसमेत उद्योगमन्त्रीसमक्ष महासंघले आग्रह गरेको छ । महासंघले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँदिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सीआईआई सहआयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिन समेत आग्रह गरेको छ । भेटमा उद्योगमन्त्री भण्डारीले स्टार्टअप कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको र छिटै पारित हुने प्रतिबद्धता जनाए । त्यस्तै, भारतले अहिले गहुँ आयात रोक्दा उत्पन्न समस्याबारे भारतसँग छलफल भइसकेकाले तत्काल आयात खुल्ने उद्योगमन्त्री भण्डारीले जानकारी दिएको महासंघले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- छ किमी सडक कालोपत्र
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिने
- हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक मर्मतका लागि बन्द
- इटलीमा च्याटजीपीटीमाथि प्रतिबन्ध, तत्काल अनुसन्धान गरिने
- रसुवागढी नाका आजदेखि पुनः सञ्चालन
- बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया