नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
काठमाडौं । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु हस्तान्तरण गरिएको छ ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार कीर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । रेटिना रोगको उपचारसँग सम्बन्धित करिब एक करोड ८५ लाख नेपाली रुपैयाँबराबरका स्वास्थ्य सामग्रीहरु जापान सरकारको (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुस्ट प्रोजेक्ट) कार्यक्रमअन्तर्गत अनुदानमा प्रदान गरिएको हो । संघले वि.सं. २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना गरेको कीर्तिपुर आँखा अस्पताललाई वि.सं. २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकालदेखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा वि.सं. २०७७ कात्तिक १९ मा नेपालस्थित जापानी राजदूतावास र नेपाल नेत्रज्योति संघका बीचमा हस्ताक्षर भएको थियो । सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हालसम्म अस्पतालबाट करिब सात हजारभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्ये करिब तीन हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो । अस्पतालले हाल काठमाडौं र ललितपुरमा गरी जम्मा चारवटा आँखा उपचार केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ ।
काठमाडौंका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकाली आँखा उपचार केन्द्र र चन्द्रागिरि नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लभु आँखा उपचार केन्द्र सञ्चालनमा छ । हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया