Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखा महोत्सवको तयारी तीब्र

दोलखा महोत्सवको तयारी तीब्र


दोलखा । दोलखा चेम्बर अफ कमर्शको आयोजनामा हुन लागेको दोलखा महोत्सवको तयारी तिब्र पारिएको छ । आगामी फागुन १९ देखि २७ गतेसम्म चल्ने महोत्सवको तयारीलाई तिब्र पारिएको आयोजक संस्था दोलखा चेम्बर अफ कमर्शले जनाएको छ ।

कोरोनाका कारण खस्केको दोलखाको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पु-याउने उद्देश्यका साथ दोलखा महोत्सवको आयोजना गर्न लागिएको चेम्बर दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चेम्बरको मुख्य आयोजना तथा भिमेश्वर नगरपालिकाको सहआयोजना नौ दिने दोलखा महोत्सव हुन लागेको हो । महोत्सवमा एक सय स्टल रहनेछन् भने जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ, यस्तै पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता समेत आयोजना गरिने चेम्बरले जनाएको छ। महोत्सबमा खैंजडी भजन तथा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम हुनेछन् ।

सोही अवसरमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट),विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन र कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ। साथै स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीय स्थल अवलोकन गर्ने अवसर पनि पाईनेछ । साथै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविर लगायतका कार्यक्रम पनि रहेका छन् । महोत्सव सञ्चालनका लागि दोलखा चेम्बरका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने, महोत्सवको प्रचारप्रसार, आर्थिक, मञ्चमेला व्यवस्थापन तथा मनोरञ्जन व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ ।

जिल्ला समन्वय समति दोलखाका संयोक बर्जुराम घतानीको संयोजकत्वमा महोत्सव संरक्षक समिति तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएको चेम्बर दोलखाका महासचिव पाण्ब सिङ पाण्डेले जानकारी दिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया