Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई भुटानी नागरिकको जिप दुर्घटनामा मृत्यु

दुई भुटानी नागरिकको जिप दुर्घटनामा मृत्यु


चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा बा२च ४४५० नम्बरको जिप जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले दुर्घटनामा परि अन्य पाँच जना घाइते भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । प्रहरी निरीक्षक यादवले दुर्घटनामा घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका बताए ।

घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया