Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधम्याक एडब्लु र टाइटानियम ल्युब्रिकेन्ट्स नेपालमा

म्याक एडब्लु र टाइटानियम ल्युब्रिकेन्ट्स नेपालमा


काठमाडौं । भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले म्याकका नयाँ दुई प्रोडक्ट नेपालमा सार्वजनिक गरेको छ ।

म्याक लुब्रिकेन्ट्ससँगको सहकार्य २१ वर्ष पूरा भएको अवसरमा कम्पनीले म्याक एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको हो । भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका कार्यकारी निर्देशक पि सुधाहर, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठलगायतको उपस्थितिमा सो उत्पादनमा नेपालमा सार्वजनिक गरिएको हो ।

यस्तै, कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड र सिप्रदी टे«डिङ प्रालिका प्रतिनिधिद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो । आफ्ना च्यानल पार्टनरहरूको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप उत्कृष्ट माध्यम हुने बताइएको छ । कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आबद्ध डिलरमध्ये उत्कृष्ट डिलरलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया