Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमुक्तहलिया पुनर्स्थापना समस्या समाधान गर्ने समिति गठन

मुक्तहलिया पुनर्स्थापना समस्या समाधान गर्ने समिति गठन


कञ्चनपुर, जेठ ७
कञ्चनपुरको भीमदत्त नगरपालिकामा मुक्त हलिया पुनर्स्थापना समस्या समाधान गर्ने एक समिति गठन गरिएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको ४६औँ बैठकबाट नगरस्तरीय समिति गठन गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा गठित ८ सदस्यीय समितिमा जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रतिनिधि र संयोजकले तोकेका एक महिलासहित दुई जना मुक्तहलिया सदस्य छन् । समितिको सदस्यसचिवमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

सरकारले २०७६ जेठ ६ गते मुक्तहलिया तथा कमैया परिवार पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मुक्तहलिया तथा कमैया पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिएको थियो । सरकारले २०७५ भदौ २१ गते तत्कालीन सुदूरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा मुक्तहलिया घोषणा गरेको थियो तर हालसम्म पनि मुक्तहलियाहरुका समस्याप्रति कुनै सुनुवाइ नभएको बताइरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया