Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रचारप्रसार अभावले ओझेलमा हनुमन्ते डाँडा, विश्वकै अग्लो हनुमानको मूर्ति बनाउने हल्ला मात्रै

प्रचारप्रसार अभावले ओझेलमा हनुमन्ते डाँडा, विश्वकै अग्लो हनुमानको मूर्ति बनाउने हल्ला मात्रै


दोलखा । प्रचारप्रसार अभावले दोलखाको पर्यटकीय स्थल हनुमन्ते डाँडा ओझेलमा परेको छ । पौराणिक धार्मिक मान्यता बोकेको हनुमन्ते डाँडा वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानामा अवस्थित छ ।

दोलखा सदरमुकाम चरिकोटदेखि २५ किलोमिटर नजिक रहेको हनुमन्ते डाँडामा गुफा र हनुमानको मूर्ति छ । यहाँको हनुमानको मूर्ति आफँै उत्पत्ति भएको जनविश्वास पनि छ । पुरानो मूर्ति केही वर्षअघि चोरी भएकोले हालै नयाँ मूर्ति स्थापना गरिएको छ । भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया