Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधओखरको व्यापार बढ्यो

ओखरको व्यापार बढ्यो


सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीका बजारमा ओखरको व्यापार बढेको व्यापारीहरूले बताएका छन् । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै ओखरको बिक्री बढेको उनीहरूको भनाइ छ । विशेषगरी तिहारमा फूल लगाउँदा ओखरको दिउल प्रयोग हुने भएकाले बिक्री बढेको व्यापारी दोर्जी शेर्पाले बताए ।
तिहार नजिकिएसँगै पछिल्लो समय दन्ते ओखर दैनिक पाँच देखि १० किलोसम्म बिक्री हुने गरेको व्यापारी शेर्पाको भनाइ छ । ओखरको व्यापार बाह्रै महिना हुने भए पनि तिहार नजिकिँदा माग अत्यधिक बढेको नयाँ बजारका व्यापारी मिनकुमार श्रेष्ठले बताए ।

साबिकको समयमा बढीमा दैनिक मुिस्कलले एक किलोसम्म बिक्री हुनेगरेको ओखर तिहारको समयमा बिक्रीदर समेत बढेको व्यापारीको भनाइ छ । सल्लेरीको बजारमा स्थानीयस्तरमा उत्पादिन ओखरको भन्दा बाहिरबाट आयातिद दन्ते ओखरको माग बढी रहेको छ । स्थानीय हाडे ओखरको दिउल निकाल्न कठिन हुने भएकाले पनि उपभोक्ताको ध्यान आयातित दन्ते ओखरमा परेको हो । बजारमा बिक्री भइरहेको दन्ते ओखर भारत, चिन, अमेरिका, इजिप्टलगायतका मुलुकहरूबाट आयत हुने गरेको व्यापारीहरू बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया