Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकुकुरको बन्ध्याकरण शिविर सञ्चालन

कुकुरको बन्ध्याकरण शिविर सञ्चालन


सोलुखुम्बु ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका सल्लेरीमा निःशुल्क कुकुर बन्ध्याकरण शिविर सञ्चालन भइरहेको छ । जिल्ला समन्वय समितिको प्राङ्गण सल्लेरीमा मंगलबारबाट शिविर सुरु गरिएको नगर पशु शाखा प्रमुख लेखनाथ बास्तोलाले जानकारी दिए । अघिल्लो वर्ष पनि नगरभित्रका छाडा कुकुरको बन्धाकरण गरेको नगरपालिकाले यो वर्ष पनि शिविर सञ्चालनमा ल्याएको हो ।

पशु शाखा प्रमुख बास्तोलाका अनुसार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन पनि लगाइनेछ । सामुदायिक कुकुरको बढ्दो संख्यालार्ई नियन्त्रण गर्ने उद्देश्यका साथ नगरपालिकाले हिमालयन एनिमल रेस्क्यु ट्रष्ट पोखराको सहकार्यमा शिविर सञ्चालन गरेको बताइएको छ ।

पशुपन्छी ऐनअनुसार कुकुरलाई मार्न नहुने भएकाले बन्ध्याकरण उपयुक्त विकल्प भएकाले सडकमा भेटिएका र घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।

आगामी शुक्रबारसम्म चल्ने शिविरमा बुधबार वडा नम्बर २ बेनी र बिहीबार वडा नम्बर ३ तामाखानी क्षेत्रका कुकुरहरूलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको नगर पशु शाखाले जनाएको छ । शिविरमा नगरपालिकाभित्रका तथा बाहिरका सबैले आफ्ना कुकुर बन्ध्याकरण गराउन सक्ने हिमालयन एनिमल रेस्क्यू ट्रष्टले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया