Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोभिड–१९ विरुद्ध नागरिक अभियान ललितपुर पनि शुभारम्भ गरिएको छ ।

कोभिड–१९ विरुद्ध नागरिक अभियान ललितपुर पनि शुभारम्भ गरिएको छ ।


काठमाडौं ।
ललितपुरका उपप्रमुख गीता सत्यालले अभियानको शनिबार आयोजित एक कार्यक्रमका बीच ललितपुरको लबिम मलबाट शुभारम्भ गरेकी हुन् । कार्यक्रमको शुभारम्भ गर्दै ललितपुर महानगरपालिका उपप्रमुख सत्यालले कोाभिड १९ को महामारी न्यूनीकरणमा निजी क्षेत्र तथा नागरिक समाजको सक्रियता आवश्यक रहेको बताइन् । साथै उनले स्थानीय सरकार आफ्नो जिम्मेवारी निर्वाहमा संवेदनशील रहेको र निजी क्षेत्र तथा नागरिक समाजको पनि सहयोग चाहिने बताइन् ।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहेको विषम परिस्थितिमा निजी क्षेत्र तथा नागरिक समाजले संगठित रुपमा यस महामारीको न्यूनीकरण र रोकथामका लागि अघि बढ्न आवश्यक रहेको महशुस गरी अभियानको प्रारम्भ गरिएको बताउँदै कोभिड १९ दीर्घकालीन समस्याको रुपमा देखिँदै गरेकाले सुरक्षित मापदण्ड अपनाई अगाडि बढ्नुको विकल्प नरहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले व्यवसाय तथा समाजलाई सुरक्षित रुपमा अगाडि बढाउन स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया