सोलुखुम्बुका २२ जनाले त्यागे नेपाली नागरिकता
सोलुखुम्बु । पछिल्लो १२ वर्षभित्र सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांकअनुसार वि.सं. २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्याग गरेका हुन् । वि.सं. २०६६ मा चार जनाले, २०६८ मा दुई जनाले, २०७१ मा एक जनाले, २०७२ मा तीन जनाले, २०७४ मा तीन जनाले, २०७५ मा दुई जनाले, २०७६ मा चार जनाले, २०७८ मा एक जनाले र २०७९ को हालसम्म दुई जनाले नेपाली नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए ।
रोजगारीको सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्ने अधिकांश अमेरिका गएकाहरु छन् भने केही मात्रामा अन्य युरोपियन मुलुकहरु गएकाहरु पनि छन् । प्रजिअ खनालले भने, ‘यहाँका धेरै नागरिकहरु अमेरिका, स्विट्जरल्याण्डजस्ता मुलुकहरुमा छन् । उनीहरुले उतै बसोबासका लागि प्रक्रिया अगाडि बढाउँछन्, उताको अप्लाई सफल हुनेबित्तिकै नेपाली नागरिकता परित्यागको प्रक्रिया अघि बढाउँछन् । यसरी परित्याग गर्ने धेरैजसो शेर्पाहरु छन् ।
एउटै व्यक्तिले दुई देशको नागरिकता लिन नपाइने भएकाले उनीहरुले नेपालको नागरिकता त्याग गरेका हुन् ।’ जसका लागि स्वयं नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ । सोही अवधिमा दुई जना पुरुषको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया