सगरमाथा क्षेत्रको पर्यटन बिस्तारै लयमा फर्किँदै कोरोनापछि ३२ हजार बढी पर्यटकले गरे भ्रमण
काठमाडौं । कोरोना कहरका कारण थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किन थालेको छ । कोरोना संक्रमणका कारण भएको लकडाउनले झण्डै दुई वर्षसम्म पर्यटक आवगमन ठप्प बनेको खुम्बु क्षेत्रमा पर्यटकको चाप बिस्तारै बढ्न थालेको हो ।
मुलुकको प्रमुख पर्यटकीय गन्तव्य यस क्षेत्रमा लकडाउनपछि ३२ हजारभन्दा बढी पर्यटक भ्रमणका लागि पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार २०७८ को असार महिनादेखि हालसम्म ३२ हजार छ सय ५८ जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । जसमा २६ हजार छ सय ३८ विदेशी र छ हजार २० जना नेपाली रहेका छन् । पर्यटन गतिविधि चलायमान भएसँगै सो क्षेत्रका व्यवसायीहरू समेत उत्साहित बनेको लुक्लाका होटल व्यवसायी कामी शेर्पाले बताइन् । सन् १९५३ मा भएको प्रथम सगरमाथा आरोहण यता पहिलोपटक कोरोनाको कहरको चपेटामा सगरमाथा क्षेत्र परेको थियो । सन २०२० र ०२१ मा खुम्बु क्षेत्र लगभग सुनसान नै बनेको थियो । सो समयमा होटल मजदुर, पथप्रदर्शक, भरिया र ट्रेकिङ एजेन्सीलगायतले काम गुमाएका थिए । तर सन् २०२२ बाट भने बिस्तारै पर्यटन क्षेत्र लयमा फर्किदा पर्यटन व्यवसायीलाई राहत मिलेको व्यवसायी सुवास बस्नेतको भनाइ छ ।
कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई विशेष प्याकेजका साथ अघि बढ्ने सवालमा सरकारसँग छलफलमा जुटेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले बताए । उनले भने, ‘हो, सगरमाथासहित देशकै पर्यटन गतिविधि पछिल्लो समय लयमा फर्किँदै छ, तर अझै पनि सरकारको योजना र प्याकेज भने पर्यटकलाई आर्कषित गर्ने तवरको छैन, जसले गर्दा लक्ष्यअनुसार नेपालमा पर्यटक भित्र्यान सकस छ ।’ पर्यटकलाई बढीभन्दा बढी भित्र्याउने माध्यम के हुनसक्छ भन्ने विषयमा सरकारसँग छलफलमा जुटेको उनले जानकारी दिए । पर्यटक भित्र्याउन विशेष प्याकेजसहित अघि नबढे देशलाई ठूलो घाटा हुने उनको भनाइ छ । यसलाई ध्यान दिँदै अब सरकार, व्यवसायी र स्थानीयवासी सबै जुट्नुको विकल्प नभएको उनले बताए । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । यस सिजनमा पर्यटकको आगमन उच्च हुने सगरमाथा क्षेत्रमा त्यसबाहेकका सिजनमा भने प्राय सुनसान नै हुने गर्दछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया