काठमाडौं । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको डोलेश्वरबाट बुधबार चोरीको दुईवटा मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई क्रमशः प्रहरी वृत्त सिंहदरबार र महाराजगंज बुझाइएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंक पछाडिबाट वास्तविक नम्बर बागमती प्रदेश ०२–०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सुर्यलाल डङ्गोलले टोखा त्वापचास्थित पार्किङमा बास्तविक नम्बर बागमती प्रदेश ०२ –०२९ प २७ २१ नम्बरको मोटरसाइकल चोरी भएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया