सोलु दुधकोशी जलविद्युत् आयोजनाले माघ महिनाभित्रै विद्युत् उत्पादन थाल्ने
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजनाले यही माघ महिनाभित्रमा विद्युत् उत्पादन थाल्ने भएको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजनाको टर्बाइन टेस्ट गरिएको छ ।
बाँध, सुरुङ, पेनस्टेक, विद्युत्गृहको परीक्षणपश्चात् पानीले टर्बाइन घुमाएर ‘बेट टेस्ट’ गरिएको हो । अब केही दिनमा लाइन परीक्षण गरिने आयोजनाले जनाएको छ । तिङलामा रहेको लाम्माने सबस्टेसनमा उपकरण परीक्षणपश्चात् विद्युत् उत्पादनको काम सुरु हुने साहास ऊर्जाका इन्जिनियर जेपी यादवले जानकारी दिए । यो आयोजना निजी क्षेत्रले निर्माणसम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लास्थित लाम्माने सबस्टेसनमा जोडिनेछ । विद्युत् गृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत् उत्पादन हुनेछ ।
कम्पनीका अनुसार हिउँदमा १०० दशमलव २७ गिगावाट घन्टा (१० करोड दुई लाख ७० हजार युनिट) र वर्षमा चार सय १९ दशमलव ९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित नौ बैंकले आठ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया