आगामी आर्थिक वर्षदेखि सेयर कारोबारको लागि युजर आईडी र पासवर्ड लिन शुल्क तिर्नुुपर्ने
सुरेश राउत
काठमाडौं, वैशाख २९
नेपाल स्टक एक्सचेन्जले आगामी आर्थिक वर्षको सुरुवाती समयदेखि अर्थात् साउनदेखि नै सेयर कारोबारको लागि मेरो सेयरको युुजर आईडी र पासवर्ड लिनको लागि शुल्क तिर्नुुपर्ने भएको छ । नेप्सेले धितोपत्र कारोबार सम्बन्धमा सूचना सार्वजनिक गर्दै शुल्कसम्बन्धी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार यही २०७७ असार मसान्तसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरुको हकमा भने सेयर कारोबारको लागि युुजर आईडी र पासवर्ड लिनको लागि कुनै शुल्क लाग्नेछैन । ‘सरकारले धितोपत्र कारोबार गर्ने सम्बन्धमा लकडाउनको व्यवस्थामा केही व्यवस्थामा केही खुुकुुलो बनाएको सन्दर्भमा नेपाल धितोपत्र बोर्डको यही वैशाख २६ गते बसेको बैठकको निर्णयबमोजिम यही वैशाख ३० गते मंगलबारबाट सेयर कारोबार सुचारु गर्ने निर्णय भएकाले सोहीअनुसार गर्न सम्पूर्ण सेयर दलाल, लगानीकर्तालगायतका सम्बन्धित सबैलाई सोहीअनुसार तयारी गर्न पनि हामीले निर्देशन दिएका छौँ’, प्रमुुख कार्यकारी साउदले भने ।
नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनअनुसार नै आगामी मंगलबारदेखि धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक दुुई घण्टा अर्थात् ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने तयारी गरेको पनि उनले बताए । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्टि गर्दा दुुई प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरेको पनि प्रमुुख कार्यकारी साउदले बताए ।
धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ साउनदेखि अनिवार्यरूपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्नेछ । लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्यरूपमा ईडीआईएसमार्फत राफसाफ गर्ने व्यवस्था गर्नेर २०७७ असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था कायम गर्नुुपर्नेछ ।
नेप्सेका अनुसार सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउनुुपर्नेछ । धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भएबमोजिमको लगानीकर्ताबाट अनिवार्यरूपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने निर्णय पनि नेप्सेले गरेको छ । यसैगरी नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने निर्णय गरेको पनि प्रमुख कार्यकारी साउदले बताए ।
यसैगरी सीडीएसको सिस्टमबाट आउने एभरेज प्राइसलाई धितोपत्र दलालले म्यानुअल इन्ट्री गर्न नपर्ने व्यवस्था रहेको हुँदा सोहीअनुरूप कारोबार गर्ने व्यवस्था मिलाउन पनि नेप्सेले निर्देशन दिएको छ । यसैगरी लगानीकर्ताहरूको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेक्सको व्यवस्था गर्न पनि नेप्सेले निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया