विश्वभर संक्रमित ५१ लाख बढी ३ लाख ३० हजारको मृत्यु
जेनेभा, जेठ ९
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । बिहीबारसम्म विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४ सय ७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८ सय १३ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६ सय ८५ जनाको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार विश्वभर करिब ४५ हजार ७ सय ९६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७ सय ४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत् छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४ सय ३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ९४ हजार ९ सय ३६ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ ।
हालसम्म इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३२, स्पेनमा २७ हजार ८ सय ८८, बेल्जियममा ९ हजार १ सय ५०, जर्मनीमा ८ हजार २ सय ७० र नेदरल्यान्ड्मा ५ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८ सय ९४ को मृत्यु भएको छ । इरानमा ७ हजार १ सय ८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया