टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरूलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टीभीएसले आइक्युबमार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।
ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आइक्युबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आइक्युब र टीभीएस आइक्युब एस गरी टीभीएस आइक्युबका दुई मोडलहरू उपलब्ध हुनेछ । मात्रै दुई लाख ९९ हजार नौ सय रुपैयाँमा टीभीएस आइक्युब खरिद गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएस आइक्युबका दुई पाङ्ग्रे सवारी साधनहरूले नेपालमा चार लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार दुई सय ७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार सात सय ६२ किलो कार्बन उत्सर्जन हुन रोकेको छ । विश्वमा टीभीएस आइक्युबका करिब तीन लाख ग्राहकहरूले करिब एक दशमलव नौ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार पाँच सय ९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले लाइफटाइम ब्याट्री एस्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीयरूपमा वृद्धि हुने बताए । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आइक्युबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा एक लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुने उनले बताए । उनका अनुसार पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । नेपालमा ३३ डिलरहरूमा आइक्युब उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बागमती प्रदेश: मन्त्रिपरिष बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत
- बागलुङ–गुल्मी खण्ड सुक्खा पहिरोका कारण अवरुद्ध
- बुकीमै बसेर यार्सागुम्बाको खोजी
- सन्दर्भ गणतन्त्र दिवस: विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा. राउत
- सातदोबाटो चोकमा सवारी दुर्घटना, महिलाको मृत्यु
- सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
- ‘लहान एक्पो २०८०’मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया