कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दाबी
वासिड.टन, जेठ ३०
अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दाबी गर्नेहरुको संख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनपेक्षित भएको अधिकारीहरुले बताएका छन् । अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भए पनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ ।
विशेष गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निष्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ । अमेरिकामा रोजगारी गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनुपर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ । व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नुपर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया