Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमानव हड्डीसहित पक्राउ परेका तीन जना धरौटीमा रिहा

मानव हड्डीसहित पक्राउ परेका तीन जना धरौटीमा रिहा


महेन्द्र शाही
सोलुखुम्बु, असार ११
सोलुखुम्बुमा मानिसको हड्डीसहित प्रकाउ परेका ३ जना अभियुक्त धरौटीमा रिहा भएका छन् । गत जेठ १९ गते जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ पाङ्बोचेबाट चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा प्रकाउ परेका ३ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले दुई जनालाई जनही ३०–३० हजार र एक जनालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ५ का ३५ वर्षीय भिमबहादुर तामाङ र मोलुङ गाउँपालिका ८ ओखलढुङ्गाका लाङिमा शेर्पालाई ३०/३० हजार र सोताङ गाउँपालिका १ सोलुखुम्बुका टेकमान राईलाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । उनीहरूले बयानका क्रममा लाङिमा धामी भएको र धामीलाई आवश्यक पर्ने भएककाले मानव हड्डी उत्खन गरेको स्वीकार गरेको घिमिरेको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया