विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो
मेरिल्यान्ड, असार १५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । पछिल्लो विवरणअनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८ सय ९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।
चीनको वुहानबाट उत्पत्ति भएको भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । अमेरिकामा १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको छ । विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन् । दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिल छ ।
यहाँ हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका र करिब ५७ हजारको मृत्यु भएको छ । अमेरिका, भारत, डेनमार्क र इटाली समेतका विश्वमा अतिप्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तिब्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया