विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना सम्भावित उम्मेदवार
जेनेभा, असार २५
विश्व व्यापार संगठन (डब्लुटीओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटीओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड सुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक वर्षे कार्यकाल बाँकी रहँदै डब्लुटीओबाट राजीनामा दिएका थिए ।
एएफपीका अनुसार नयाँ नेतृत्वका लागि इजिप्ट, केन्या, मेक्सिको, मोल्डोभा, नाइजेरिया र दक्षिण कोरियाबाट उम्मेदवारी परेको छ । पछिल्लो समय संयुक्तराज्य अमेरिकाले डब्लुटीओको कार्यशैलीमाथि प्रश्न उठाउँदै डब्लुटीओबाट नै अलग्ग हुने धम्की दिँदै आएको छ । अमेरिकाले गत डिसेम्बरदेखि नै डब्लुटीओको विवाद समाधान प्रणालीमा न्यायाधीश नियुक्तीमा अवरोध गरिरहेको छ । अमेरिकाले चीनलाई विकासशील मुलुकको समूहबाट माथि लैजान माग गरिरहेको छ ।
डब्लुटीओको प्रमुखका लागि सामान्यतया मतदान हुने गर्दैन । उम्मेदवारहरुबीच सहमतिका आधारमा एक पछि अर्को उम्मेदवारले आफ्नो उम्मेदवारी परित्याग गर्ने व्यवस्था छ । कुनै सहमति नभएमा मात्र मतदानको प्रावधान छ । सन् १९९९ मा दुई सम्भावित उम्मेदवारबीच सहमति हुन नसक्दा दुबै उम्मेदवारलाई कार्यकाल आधाआधा बाँडिएको थियो । डब्लुटीओको प्रमुखको कार्यकाल ६ वर्षको हुने गर्दछ । डब्लुटीओका आगामी उम्मेदवारका अगाडि निकै ठूला चुनौतीहरु छन्, खासगरी चीन र संयुक्तराज्य अमेरिकाबीचको बढ्दो व्यापारिक तनाबले समस्या सिर्जना गर्नेछ ।
साथै, विश्वव्यापी कोरोनाभाइरसको महामारीले शिथिल बनाएको विश्व व्यापारमा नयाँ किसिमका चुनौती समेत देखा पर्ने अनुमान गरिएको छ । विश्व व्यापार संगठनका अनुसार यसपटक उम्मेदवार दिनेहरुमा दक्षिण कोरियाका व्यापार मन्त्री यू म्यूङ–ही, केन्याका पूर्व विदेश मन्त्री अमनिा मोहमद, मेक्सिकोका पूर्व डब्लुटीओ उपमहानिर्देशक जेसस सिड कुरी, नाइजेरियाका पूर्व विदेश तथा अर्थमन्त्री नोजी ओकोन्जो–इवेला, इजिप्टका पूर्व कुटनीतिज्ञ हमिद ममदोउ र मोल्डोभाका पूर्व विदेश मन्त्री टुडोर उलियानोभ्ची रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया