विश्वकै धनी बेजोसको सम्पत्ति २ खर्ब डलर पुग्यो
अमेरिका, भदौ १२
यसअघि नै विश्वका सर्वाधिक धनीमा गनिएका अमेरिकी अर्बपति रातारात खर्बपति भएका छन् । बेजोसको सम्पत्ति बढेर २ खर्ब अमेरिकी डलर पुगेको हो । व्यक्तिगत सम्पत्ति २ खर्ब डलर पुगेको पहिलोपटक हो ।
उनी अमेजन कम्पनीका मालिक हुन् । कम्पनीको सेयर २५ प्रतिशतभन्दा बढीले एकै महिना वृद्धि भएपछि यो वर्षमात्रै सेयर ८६ प्रतिशतले बढेको रिफाइनिटिभको तथ्यांकले जनाएको छ । बेजोसले सन् १९९४ मा अमेजन स्थापना गरेका थिए । उनी सन् २०१७ मा विश्वकै धनी बनेका थिए । गत महिनामात्रै उनको सम्पत्ति बढेर १ सय ७२ अर्ब डलर पुगेको थियो ।
विश्व महामारी सुरु भएयता प्रविधि क्षेत्रका अर्बपतिको सम्पत्ति निरन्तर बढिरहेको छ । यही महिनाको सुरुतिर सामाजिक सञ्जाल कम्पनी फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको थियो । यसले उनलाई ‘सेन्टिबिलेनियर’ बनाइदिएको थियो । यसबाहेक टेस्लाका सीईओ एलन मस्कको पनि ९६ अर्ब डलर सम्पत्ति पुगिसकेको छ भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि १ खर्ब बढी सम्पत्ति आर्जन गरिसकेका छन् । एप्पलका सीईओ टिम कुकले पनि आफ्नो सम्पत्ति बढाइरहेका छन् ।
बेजोसले ब्लु ओरिजिन नामको अन्तरिक्ष यात्रासम्बन्धी कम्पनी पनि स्वामित्व लिएका छन् । उनले उक्त कम्पनी सन् २००० मा स्थापना गरेका थिए । यसबाहेक अमेरिकाको चर्चित पत्रिका दि वासिङटन पोस्ट पनि उनकै स्वामित्वमा रहेको छ । सन् २०१३ मा उनले पत्रिका किनेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया