Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदुर्गमका गाउँमै सःमिल खुलेपछि स्थानीयलाई सुविधा

दुर्गमका गाउँमै सःमिल खुलेपछि स्थानीयलाई सुविधा


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको दुर्गम भेग लालझाडी गाउँपालिका २ शंकरपुर (कञ्ज) गाउँमै सामुदायिक सःमिल खुलेपछि स्थानीय उपभोक्तालाई सुविधा भएको छ । गत बर्षदेखि समुदाय स्तरमा लालझाडी सःमिल तथा फर्निचर उद्योग संचालनमा आएपछि उपभोक्तालाई सुविधा भएको हो ।

काठ पनि खेर नजाने, चोरी तस्करी हुने र उपभोक्ताले कुनै कामका लागि फर्निचर चिराउनु परे टाढा गएर बढी खर्च गर्नुपर्ने बाध्यता हटेको छ । ताल कार्यक्रममार्फत समुदायस्तरमा सञ्चालित उक्त सःमिलले उपभोक्ताको मात्रै काठ चिरान गर्दै आएको छ ।

लालझाडी सःमिल तथा फर्निचर उद्योग सञ्चालक समितिका अध्यक्ष अमर रानाले गाँउमै सःमिल खुलेसँगै उपभोक्तालाई लाभ भएको बताए । ‘हामी गैरउपभोक्ताको काठ चिरान गर्दैनौँ, ‘अध्यक्ष रानाले भने, ‘सामुदायिक वनबाट काठ खरिद गरेका उपभोक्ताको मात्रै चिर्छौँ ।’

सामुदायिक वनले उपभोक्तालाई वितरण गरेको काठ र सामुदायिक वनलाई चाहिने काठ चिरेर दिने गरेको अध्यक्ष रानाले बताए । ‘उपभोक्तालाई चाहिने काठ चिरेर लग्छन’, अध्यक्ष रानाले भने, ‘उपभोक्तालाई चाहिने काठ वनबाट चोरी पनि हुँदैन् यसबाट वन र पर्यावरण संरक्षण हुन्छ ।’ बाहिर काठ लगेर चिरान गर्दा समय र रकम पनि बढी खर्च हुने गरेको थियो, गाउँमै सःमिल सञ्चालनमा आएपछि उपभोक्तालाई सहज हुने भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया