‘मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक छ’
नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक वृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् । उनले सबै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक वृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरे ।
‘पछिल्लो ६/७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्यन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ’, उनले भने । प्रधानमन्त्री मोदीले यी सबै क्षेत्रले देशको आर्थिक वृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए ।
मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सबै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । ‘यस दशकमा हामीले देशको सबै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ’, उनले भने । उनले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र त्यसले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।
सबै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकारसँगसगै रहेको पनि उनले बताए । अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिए । देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सीप, पुनर्सीप र सीपको वृद्धिमा जोड दिनुपर्ने बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया