कोभिडविरुद्धको खोप सुरु गर्ने तयारीमा क्यानाडा
ओटावा ।
कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’ उनले गत बिहीबार पहिलो चरणमा ३० हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए । त्यसअघि क्यानाडाको स्वास्थ्यसम्बन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।
खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए । क्यानडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार पाँच सय नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया