उद्योगहरूको विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयनमा
काठमाडौं ।
कोभिड १९ का कारण प्रभावित बनेका उत्पादनमूलक उद्योगहरूको लकडाउन अवधिभरको विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयनमा आएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको आइतबार बसको बैठकले आज सोमबारदेखि विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरू लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताए । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत् डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।
बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया