थलारामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल
बझाङ ।
थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका ४ ठिङमा राखिएका तीनवटा वायु पंखाबाट विद्युत् परीक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो ।
संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको एक करोड २४ लाखमा निर्माण भएको उक्त आयोजनाले वडा नम्बर ४ र अन्य वडाका विभिन्न गाउँ उज्यालो बनाउने लक्ष्य राखिएको छ । अहिले विद्युत् उत्पादन भए पनि लाइन विस्तारका लागि पोल र तार नहुँदा वितरण गरिएको छैन । लाइन विस्तारका लागि डेढ करोड लाग्ने र जुन समुदायबाट जनश्रमदान गर्नुपर्ने प्रावधान रहेको छ ।
संविधानसभा सदस्य रावलले स्थानीयबाट रकम जम्मा नहुने देखिएपछि गाउँपालिकालगायतका स्रोतहरूको खोजी भइरहेको बताए । पोलका लागि टेन्डर भए पनि तार जलविद्युत्को भन्दा फरक हुने भएकाले समस्या भएको रावलले बताए । ठिङमा निरन्तर हावा बहने हुँदा विद्युत् उत्पादनको राम्रो सम्भावना भएको कारण हावाबाट बिजुुली निकाल्न प्रयास सफल भएपछि स्थानीय खुसी भएको थलाराका महेश थापाले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
- ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
- भारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
- ‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया