लमजुङमा लामा कन्स्ट्रक्सनको हेभी उपकरणमा आगजनी
काठमाडौं ।
लमजुङको नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडक खण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रा.लि को हेभी उपकरणमा अज्ञात समुहले आगजनी गरेको छ । राईनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा.२ क.७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले बुधवार एक विज्ञप्ति जारी गरि निर्माण व्यवसायीहरूलाई अज्ञात समुहबाट निरन्तर हतोत्साहित गर्ने, उनीहरूको उपकरणहरूमा आगजनी गर्ने जस्ता हिंसात्मक घटनाहरू नरोकिएको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । निर्माण व्यवसायी र उनीहरूका उपकरणहरूको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत यस्ता हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघको भनाइ छ ।
यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघले जनाएको छ । तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघले सरकारसंग माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरूका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले पुन एकपटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया