महामारीपछि अमेरिकी साप्ताहिक बेरोजगार संख्या पहिलोपटक सात लाखभन्दा कम
वासिङटन ।
अमेरिकामा महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम रेकर्ड गरिएको छ । एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको संख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।
अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्यांक विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार संख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाव भनिएको छ । यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्यांकले देखाएको विश्लेषकहरूले बताएका छन् ।
यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाब अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ । श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाब नियन्त्रणमा आइनसकेको भए पनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार सात सय ४५ रेकर्ड भएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया