स्वेज नहरमा अड्किएको ठूलो कन्टेनर पानीजहाज निकाल्ने प्रयास जारी
इजिप्ट ।
इजिप्टको स्वेज नहरमा अड्किएको भीमकाय कन्टेनर एभर गिभन नामक पानीजहाजलाई निकाल्ने प्रयास अझै जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । १४ वटा टगबोटहरूले जहाज निकाल्ने प्रयास गरिरहेका हुन् ।
शनिबार साँझसम्म पनि यो प्रयास जारी रहेको बीबीसीले जनाएको छ । यो नहरलाई एकदमै व्यस्त मानिन्छ । त्यहाँ हुँदै मालसामान बोकेका जहाजहरू ओहोरदोहोर गरिरहन्छन् । तर यहाँ ठूलो जहाजको अघिल्लो भाग तेर्सो परेर जमिनमा गडेर बसेको छ ।
सोही कारण तीन सयभन्दा बढी जहाजहरूलाई अवरोध भएको बताइएको छ । केही जहाजहरूले अफ्रिकाको बाटो लागेका छन् । शुक्रबारसम्म २० हजार टनभन्दा धेरै बालुवा खोतलेका थिए । यो जहाज चार सय मिटर लामो छ भने २ लाख टन तौलयुक्त छ । तीव्र हावामा यात्रा गरिरहँदा जहाजलाई भिजिबिलिटी नपुग्दा जहाज स्वेज नहरको किनारमा अड्किनपुगेको हो ।
विश्वको १२ प्रतिशत व्यापार यही बाटोबाट हुन्छ । यो नहर १ सय ९३ किमि लामो छ । यसले मेडिटेरियन सि र रेड सिलाई जोड्छ । एसिया र युरोपबीचको यो एकदमै छोटो पर्ने व्यापार मार्ग हो । जहाजले बाटो अवरोध गर्दा ९ अर्ब ६० करोड डलरको दैनिक सामान यहीँ अड्किएको छ । यसले गर्दा इजिप्टलाई पनि दैनिक डेढ करोड डलरबराबर राजस्व घाटा भएको बीबीसीले जनाएको छ । अमेरिका, चीन र यूएईले जहाज निकाल्न मद्दत गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया