मनकामना केबलकार नयाँ वर्षमा मात्रै सञ्चालन गरिने
काठमाडौं ।
चैतको अन्तिम साता अर्थात् छ दिनको लागि नेपालकै पहिलो केबलकार मनकामना केबलकार बन्द हुने भएको छ । केबलुकारको स्तरोन्नतिको लािग आगामी चैत २५ देखि ३० गतेसम्म केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । यस्तै केबलकारको स्तरोन्नति तथा मर्मतसम्भारको लागि अष्ट्रियाबाट प्राविधिक आउने भएका छन् ।
छ दिनको समयमा केबलकारको स्तरोन्नति गरी यस वर्षको अन्तिम दिन अर्थात् नयाँ वर्षको अघिल्लो दिनबाट भने पुनः सञ्चालनमा ल्याइने भएको छ । केबलकार सञ्चालनमा आएसँगै नयाँ वर्षको अघिल्लो साँझ र नयाँ वर्ष मनाउनका लागि मनकामना आउने पर्यटकलाई केबलकार सञ्चालनसँगै सहज हुने बताइएको छ । नयाँ वर्षका दिन मनकामना दर्शन तथा घुम्नका लागि हजारौं पर्यटकहरु आउने गर्छन् भने स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको समेत चाप हुने गरेको छ ।
कोरोना महामारीका कारण मनकामना घुम्न आउने पर्यटकको संख्यामा कमी आए पनि पछिल्लो समय भने विस्तारै बढ्दो क्रममा छ । यसैबीच पछिल्लो समय भारतमा कोरोना बढेसँगै भने त्यसको त्रास नेपालमा समेत परेको छ जसले गर्दा पर्यटकीय क्षेत्रमा हुने चहलपहलमा कमी आउने सम्भावना छ । यस्तै मनकामना प्रालिले केबलकारको स्तरोन्नतिको लागि विभिन्न समयमा केबलकार छोटो अवधिको लागि बन्द गर्ने गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया