नयाँ वर्ष मनाउँदा स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलंकाका सेनाप्रमुखको आह्वान
कोलम्बो ।
स्थानीय नयाँ वर्ष मनाउदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलंकाका सेना प्रमुखले आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलंकामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गरेका हुन् ।
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय कार्यदलका प्रमुखसमेत रहेका सिल्भाले नयाँ वर्ष मनाउने नाममा होस् नपु-याउँदा ठूलो क्षति हुनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उनले स्थानीय नयाँ वर्ष मनाउने बेलामा अपनाउनुपर्ने आठ निर्देशिका सरकारले जारी गरेको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
घरबाट बाहिर निस्केपछि पूरै समय सबैले मुखमा मास्क लगाउनुपर्ने, भीडभाडमा जानु नहुने, आफूले पनि भीडभाड गर्न नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुनपानीले निरन्तर हात धोइरहनुपर्नेलगायतका मापदण्ड पनि निर्देशिकामा समावेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
श्रीलंकामा आगामी मङ्गलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरै जना भेला हुने, नाचगान गरिने, सँगसँगै खानपिन गरिनेलगायतका गतिविधि गरिने भएकाले सतर्कता बढी अपनाउन अधिकारीहरुले आग्रह गरेका हुन् ।
श्रीलंकामा कोरोनाभाइरसका कारण अहिलेसम्म ९५ हजार एक सय ३१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये दुई हजार नौ सय दुई जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने पाँच सय ९८ जनाको मृत्यु भइसकेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बागमती प्रदेश: मन्त्रिपरिष बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत
- बागलुङ–गुल्मी खण्ड सुक्खा पहिरोका कारण अवरुद्ध
- बुकीमै बसेर यार्सागुम्बाको खोजी
- सन्दर्भ गणतन्त्र दिवस: विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा. राउत
- सातदोबाटो चोकमा सवारी दुर्घटना, महिलाको मृत्यु
- सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
- ‘लहान एक्पो २०८०’मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया