Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिम्टे–लप्सी मेलुङ सडकको पिच दुई वर्षपछि सुरु

सिम्टे–लप्सी मेलुङ सडकको पिच दुई वर्षपछि सुरु


दोलखा ।
दोलखाको मेलुङ गाउँपालिकाभित्र पर्ने नयाँपुल डाँडाखर्क सडकअन्तर्गतको १२ किलोमिटर सिम्टे–लप्सी फेद सडकको कालोपत्रे सुरु गरिएको छ । दुई वर्षअघि ठेक्का सम्झौता भएको सडकमा दुई वर्षपछि मात्रै कालोपत्रे गर्न सुरु गरिएको हो ।

सडकको आइतबारदेखि कालोपत्रे गर्न सुरु छ । सडक निर्माण सक्न गत असारसम्मको म्याद दिए पनि निर्माण कम्पनीले कोरोना भाइरसको कारण सडक कालोपत्रेको काम रोकिएको बताउँदै आएको थियो । हिउँदमा निर्माण हुन नसकेको सडक बर्खा सुरु भएपछि निर्माण कम्पनीले कालोपत्र गर्न चासो देखाएको छ ।

आयोजनाले चालू वर्षको जेठभित्र सडक कालोपत्रे सक्ने लक्ष्य राखेर काम गरिरहेको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए । १२ किलोमिटर सडक कालोपत्रे गर्न एडीबीले २७ करोड ऋण सहयोग गरेको छ । सो सडक आसफाल्ट प्रविधिमा नेपाल आदर्श निर्माण कम्पनीले २०७५ सालमा २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको सिम्टे–लप्सी फेद सडकका साइट इन्चार्ज राम गोपाल ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार सडकको स्ट्रक्चरअन्तर्गतका ग्याबेन वाल, मेसिनरी वाल र नाला निर्माण सम्पन्न भएकाले जेठभित्र कालोपत्रेको काम सकिनेछ । सडक कालोपत्र नहुँदा दैनिक सास्ती खेपिरहेका मेलुङका नागरिक सडकको कालोपत्रे सुरु भएपछि थोरै भए पनि सडक विकासको अनुभव गर्न पाइने बताउन थालेका छन् ।

आलु उत्पादनको हिसाबले प्रमुख क्षेत्र मानिने मेलुङ गाउँपालिका माथिल्लो क्षेत्रमा कच्ची र खराब सडकका कारण अघिल्लो वर्ष सो गाउँका किसानलाई आलु बिक्री गर्न समस्या भएको थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया