बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु
ढाका ।
बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुंगा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तीव्र गतिमा दौडिने डुंगा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
सिन्ह्वाका अनुसार स्थानीय समय बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुनसक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए ।
उनले भने, ‘२६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको छ ।’
बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुंगा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिनाअघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुंगा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।
गत वर्षको जुन महिनामा पनि यात्रुवाहक डुंगा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यस शताब्दीको सबैभन्दा भयानक डुंगा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा सय जनाको डुबेर ज्यान गएको थियो ।
बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुंगामार्फत यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा वर्षेनी धेरै व्यक्तिको डुंगाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया