विकट गाउँमा रोगले भन्दा भोगले मर्ने चिन्ता
बझाङ ।
बझाङका विकट गाउँमा खडेरीका कारण हिउँदे बालीको उत्पादनमा कमी आएपछि रोगको भन्दा भोकको चिन्ता बढिरहेको छ । आकाशे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको हो ।
लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, मुसुरोलगायतका हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा चरम खाद्यसङ्कट हुने देखिएको छ । खडेरीका कारण अधिकांश क्षेत्रलगायतको हिउँदे बाली सुकेर नष्ट भएको थियो । उत्पादन घट्दा कृषिमै निर्भर हुनेगरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको छ ।
आकाशे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकहरूमा उत्पादन कमी भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ । हिउँदे बाली खेतमै सुकेपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको पडेसका पवन खड्काले बताए ।
खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको सुदूरपश्चिम खाद्य अधिकार सञ्जालको टोलीले बझाङमा चरम खाद्य सङ्कट उत्पन्न भई भोकमरी लाग्नसक्ने बताएको छ । सुक्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्याङ्क सङ्कलन विभिन्न वडामा पुगेको उक्त टोलीले एक सय ८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको बाली क्षति भएको पाइएको उल्लेख गरेको छ ।
प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहत स्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षेबालीका लागि बीउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने टोलीको भनाइ छ ।
आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिञ्चाइको सुविधा भएका क्षेत्रबाहेक ठाउँमा ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरि १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौलगायतका हिउँदे बाली लगाएकोमा छ हजार दुई सय हेक्टर क्षेत्रफलमा उत्पादन शून्य रहेको ज्ञान केन्द्रले जनाएको छ ।
खडेरीका कारण जिल्लामा नौ हजार तीन सय ३६ मेट्रिक टन हिउँदे बाली पूर्णरूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ ।
सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुनेगरेको छ । यो जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष सात हजार मेट्रिक टन अपुग हुनेगरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया