स्वेज नहर विस्तार गर्ने इजिप्टको योजना
कायरो ।
इजिप्टले स्वेज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन यस नहरबाट हुने जहाजको ओहोरदोहोर रोकिएको थियो ।
एपीका अनुसार स्वेज क्यानल अथोरिटीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले इस्मालिया सहरमा आयोजित समारोहमा सम्बोधन गर्दै योजनाको विस्तृत विवरण प्रस्तुत गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र सरकारका उच्च पदाधिकारी उक्त समारोहमा सहभागी भएका थिए ।
जनरल राबीका अनुसार नहरको दक्षिणतर्फ करिब ४० मिटर फराकिलो बनाइनेछ । यस क्षेत्रलाई हाल ६६ फिट गहिराइलाई बढाएर ७२ फिट बनाइनेछ । त्यस क्षेत्रमा नहरको कुल लम्बाइ ३० किलोमिटर रहेको छ ।
साथै प्रस्तावित योजनामा सन् २०१५ मा खुला गरिएको नहरको दोस्रो लेनको विस्तार पनि रहेको छ । यसबाट बढीभन्दा बढी जहाजहरु ओहोरदोहोर गर्न सक्नेछन् । गत मार्च २३ मा नहरमा अड्किएको एभर गिभेन नामको कार्गो पानीजहाज यही एकल लेनमा फसेको थियो । यस पानीजहाजलाई अझै पनि सुएज क्यानल अथोरिटी र जहाज धनीबीच आर्थिक विषयमा उत्पन्न विवादका कारण ग्रेट बिटर लेकमै राखिएको छ ।
विश्व व्यापारको करिब १० प्रतिशत सामान यही नहर हुँदै ओहोरदोहोर गर्ने गर्दछ । यो नहर इजिप्टका लागि एउटा प्रमुख वैदेशिक मुद्रा आर्जनको स्रोत बनेको छ । सरकारी विवरणअनुसार गत वर्ष सन् २०२० मा यस नहर हुँदै करिब १९ हजार जहाज ओहोरदोहोर गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया