उद्योगी व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन
बाँके ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीका लागि राहतको माग गर्दै नेपालगञ्जमा मंगलबार प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार सांकेतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो ।
निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । निरन्तरको लकडाउनका कारण निजी क्षेत्र पलायन हुने अवस्था सिर्जना भएको बताउँदै अध्यक्ष मनसुरीले त्यसलाई उकास्ने कार्यमा ध्यान दिन सरकार साग मााग गरे ।
निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले व्यावसायिक क्षेत्रलाई थप क्रियाशील बनाउनतर्फ कदम चाल्न सरकार लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना संक्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सीमानाका व्यवस्थित गर्नुपर्नेलगायतका माग राखी संघको भवनअगाडि प्लेकार्डसहित सांकेतिक दबाबमूलक कार्यक्रम गरिएको महासचिव चिरञ्जीवी वलीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया