काठमाडौं । काठमाडौंको न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको प्रतिबन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ ’रेड बुल’ बिक्रीवितरण गरेको अभियोगमा चार जनालाई दुई सय दुईवटा कार्टुनमा रहेको चार हजार आठ सय ४८ थान रेडबुलसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० निलो पुल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भएका शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ, रेड बुल ओसारपसारमा संलग्न काठमाडौं महानगरपालिका–११ गोंगबु बस्ने बाँके कोहलपुर नगरपालिका–९ घर भएका ३६ वर्षीय राजु पौडेल र काठमाडौं गोठाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
२०७६ असार २ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थहरूको बिक्रीवितरणलाई पूर्णरुपमा बन्देज गरिएकोमा काठमाडौंका होलसेल सप्लायर्स तथा मार्टहरूले बाह्य मुलुकमा उत्पादित रेडबुल ल्याई बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त दुई सय दुई कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा.२१च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्रीवितरण गरिरहेको अवस्थामा नयाँबस्ती गोठाटारबाट ८४ कार्टुन रेड बुल बरामद भएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
- ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
- भारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
- ‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया