दोलखा । राष्ट्रिय गौरवको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । आयोजनाका सबै युनिटबाट उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।
मंगलबार छैटौँ युनिट सञ्चालनमा आएसँगै आयोजनाका सबै युनिटहरू सञ्चालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत् इलेक्ट्रिकल महाशाखाका प्रमुख पूर्ण गोपाल रञ्जितले जानकारी दिए । यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो असार २९ गते, तेस्रो युनिटबाट साउन ८ गते, चौथो युनिट साउन १८ गते तथा पाचौँ युनिट साउन २६ गतेबाट सञ्चालनमा आएका थिए ।
छैटौँ युनिट सञ्चालमा आएसँगै छवटै युनिटबाट उत्पादित विद्युत् प्रसारण केन्द्रीय प्रसारण लाइनमा जोडिएको महाशाखाका प्रमुख रञ्जितले बताए । अब केही समयपछि नै आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने उनको भनाइ छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी गोँगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सबस्टेसनसम्म लगिएको छ । साथै आंशिक रूपमा खिम्ती सब स्टेशनबाट काठमाडौँमा पनि विद्युत् प्रसारण गर्न सकिने आयोजनाको भनाइ छ । यसैगरी रोलवालिङ डाइभर्सनको काम पनि अगाडि बढाउने प्रक्रिया चलिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
- कामनपा वडा नम्बर १६ को कार्यालय भवन उद्घाटन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया